105
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने टी–२० विश्वकप छनोटका लागि नेपाली क्रिकेटको अन्तिम टोली घोषणा गरिएको छ।
रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय अन्तिम टोलीमा सन्दीप लामिछाने पनि अटाएका छन् ।
यूएईमा भएको वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० सिरिजमा उनीमाथि अनुशासनको कारबाही भएको थियो ।
छनोट खेल्न नेपाली टोली ओमान पुगिसकेको छ।
विश्वकप छनोट अक्टोबर ८ मा सुरु हुँदै छ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आशिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मोहम्मद आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुल्सन झा र लोकेश बम