सुमनामाथि खनिए विपिन : पार्टीमा रहँदा प्रशंसा र बाहिरिएपछि बदनाम

by समतल अनलाइन
153Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्यले पार्टी परित्याग गरेका नेताहरूलाई कुशासन र भ्रष्टाचारविरुद्ध लड्न ऊर्जा खर्च गर्न आग्रह गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै उनले पार्टी छाडिसकेपछि निरन्तर आलोचना मात्र गर्नु नयाँ राजनीतिक संस्कृतिका लागि घातक हुने बताएका हुन् ।

‘कुनै कारणवश पार्टी छाडेका साथीहरूलाई अनुरोध छ – कृपया आफ्नो ऊर्जा कुशासन र भ्रष्टाचारविरुद्ध खर्च गर्नुहोस्, रास्वपाको आलोचनामा मात्र होइन,’ उनले लेखेका छन् ।

उनका अनुसार, नयाँ भनिएको पार्टी पुरानो भयो भनेर अझ नयाँ खोज्ने नाममा गरिने नोकझोकले पुराना राजनीतिक शक्तिलाई फाइदा पुर्‍याउने खतरा रहेको छ । पछिल्लो समय रास्वपाकी सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेपछि नेतृत्वप्रति गरिएको आलोचनालाई लिएर आचार्यले यस्तो प्रतिक्रिया जनाएका हुन्।

‘आफ्नो राजनीतिक यात्राको अभिन्न अङ्ग रहेको पार्टीलाई तुच्छ बनाउँदा नयाँ पुस्ताको राजनीतिलाई लाभ पुग्छ कि हानि ? सोच्न आवश्यक छ,’ उनले भनेका छन् ।

उनले नेपाली राजनीतिमा पार्टीमा रहँदा प्रशंसा र बाहिरिएपछि बदनाम गर्ने प्रवृत्ति पुरानै रहेको जिकिर गर्दै रास्वपा छोड्ने नेताहरूमा पनि त्यही प्रवृत्ति देखिएको बताएका हुन् ।

You may also like