आसिफ र जोराको शतकीय साझेदारी, नेपालले १७४ रनको लक्ष्य प्रस्तुत

by समतल अनलाइन
120Shares

काठमाडौं । यूएईमा जारी युनिटी कप टी–२०आई शृंखलाको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई बलियो लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन जोड्दै १७४ रनको लक्ष्य प्रस्तुत गरेको हो।

नेपालका लागि ओपनर आसिफ शेखले ४७ बलमा अविजित ६८ रन र सन्दीप जोराले ३९ बलमा ६३ रनको अर्धशतकीय पारी खेले। उनीहरूले चौथो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए।

बलिङतर्फ वेस्ट इन्डिजका कप्तान अकिल होसेनले २ विकेट लिए भने काइल मेयर्सले पनि २ विकेट लिएका छन्।

यसअघि पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक जित हात पारेको थियो। यो खेल पनि जिते नेपालले एक खेल अगावै श्रृंखला आफ्नो बनाउन सक्छ।

You may also like