59
काठमाडौं । एआइजी डा. मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जिम्मेवारी दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी डा. केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिएका हुन् । केसीले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका थिए ।