झलनाथ पत्नी रविलक्ष्मीले गुमाइन् बायाँ हात

by समतल अनलाइन
121Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारको क्रममा देब्रे हात काटिएको छ ।

स्रोतका अनुसार, शल्यक्रियाका क्रममा उनको बायाँ हात काटिएको हो । उपचारका क्रममा उक्त हात काट्नुपर्ने चिकित्सकको सल्लाह र पारिवारिक सहमतिअनुसार उनको हात काटिएको हो ।

जेनजी आन्दोलनको क्रममा घरमा आगजनी हुँदा जलेकी उनको कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदैछ । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था अझै संवेदनशील छ ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा डल्लुस्थित घरमा जलेर गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएको थियो । उनको बुधबार अपरेसन गर्दा देब्रे हात काटिएको हो ।

रविलक्ष्मीको दाहिने हात चल्ने अवस्थामा छ । फोक्सोको संक्रमण घटेका कारण डाक्टरले खतरामुक्त भनेको स्रोतले बतायो ।

You may also like