सुदन गुरुङलाई ‘सुरक्षा चुनौती’

एकपछि अर्को आक्रमक अभिव्यक्तिले चर्चाको केन्द्रमा छन् सुदन

by समतल अनलाइन
43Shares

काठमाडौं।जेनजी आन्दोलनको सहजीकरण गरीरहेका ‘हामी नेपाल’ का अध्यक्षसमेत रहेका जेन-जी अभियन्ता सुदन गुरुङलाई सुरक्षा चुनौती बढेको छ । सरकार निर्माण र आन्दोलनमा प्रत्यक्ष सहभागी भएका गुरुङ पछिल्लो एक साता एकपछि अर्को आक्रमणमा परेका छन् ।

गुरुङले शनिबार पनि आफूमाथि आक्रमण प्रयास भएको दाबी गरेका छन् । गुरुङले बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको दाबी गरेका हुन् । गुरुङले आफूलाई कसैले लखेटेको दाबी गरेका छन् । इन्स्टाग्रममा एक भिडियो पोस्ट गर्दै उनले मोटरसाइकल र गाडीले फलो गरेको बताएका हुन् ।

उनले भनेका छन्, ‘अघि पल्सर थियो । गाडी थ्यो बीचबीचमा । मलाई केही भयो भने तिमीहरु अघि बढ्नुपर्छ है केटाकेटी हो । झोलेहरुले प्रपोगण्डा गरिरहेको छ तिमीहरुले फाइट गर्नु पर्दैन रु लड्नु पनि आफैं छ । गाली पनि खानु छ । सबै चुप लागेर बस्छन् । मजा आएन । यो मान्छेहरु सुध्रिन्छ जस्तो लागेन । इट्स टाइम टु राइज । सबै जना उठेर फुल्ली युनाइटेड ग्रुप हुनुपर्यो । सबै जेन्जीहरु युनिफाइड हुनुपर्यो र उनीहरु हामीलाई विभाजन गरेर राज गर्न चाहन्छन् । हामीले यो हुन दिनु हुँदैन ।’

गुरुङले एक घन्टा आफूहरुलाई फलो गरिएको बताए । भने, ‘हामी त्यहाँबाट एयरपोर्ट छिर्‍यौँ। आर्मी ब्यारेकमा पुगेर आर्मीका जगत सरलाई, आईजी सरलाई फोन गर्‍यौँ। सेक्युरिटी आयो अनि केहीबेरपछि निस्कियौँ। हामीलाई करिब १ घन्टा फलो गरेको थियो।’

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार उनीमाथि सुरक्षा चुनौती रहेको बताए । ‘शनिबारको घटना के भएको हो ? त्यसको बारेमा वृस्तीत थाहा छैन, तर अहिले उहाँमाथि सुरक्षा चुनौती छ,’ ती अधिकारीले भने ।

हामी नेपालको कार्यालयबाट निस्केर आफ्नो काममा जाँदै गर्दा गुरुङमाथि मोटरसाइकल र कारमा आएको समूहले पछ्याएर आक्रमण गर्न खोजेको जेन–जी समूहका सदस्य रोनिश प्रधानले बताए। ‘हामी अरूको सहयोगका लागि हिँडिरहेका थियौँ, हामीमाथि नै अट्याक गर्ने कोसिस भयो। साइबर अट्याक मात्र होइन, भौतिक आक्रमणको प्रयास भयो। हामीलाई सुरक्षा चाहियो,’ प्रधानले भने।

शंका महेश बस्नेतमाथि
गुरुङले एक सञ्चार माध्यमसँग अन्तरर्वार्ता दिदै एमाले नेता महेश बस्नेत र उनको समूहमाथि शंका भएको बताए । उनले भने, ‘खै महेश बस्नेत अंकल खुब उफ्रिरहेको छ । किन हो कुन्नि ? मलाई उसले (महेश बस्नेत) ले ओपन च्यालेन्ज नै गरेको रैछ । सायद त्यही अंकल नै होला ।’

गुरुङ अन्तरिम सरकार निर्माणका बेलामा राष्ट्रपति कार्यालयमा भएको छलफलमा समेत सहभागी थिए । प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएपछि उनी शपथ ग्रहण समारोहमा देखिएका थिए ।

गुरुङले आगामी निर्वाचनमा परम्परागत दलका नेतालाई घरबाट निस्कनै नदिने बताएका थिए । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले नेताहरूलाई घरबाट निस्कनै नदिने बताएका हुन् । सञ्चारकर्मीले उनलाई सोधेका थिए,‘आ्न्दोलनले के उपलब्धि दियो ? ६ महिनापछि तिनै दल आउँछन् । ?

जवाफमा गुरुङले भनेका थिए, ‘हामी फेरि आन्दोलन गर्छौं । आउनै दिँदैनौँ । घरबाट बाहिर निस्कनै दिँदैनौँ । म निस्कन दिन्नँ ।’ उनले निकै आक्रोशित भएर जवाफ दिएपछि केही सञ्चारकर्मी, आफूलाई आन्दोलनका घाइते तथा मृतकको आफन्त बताउने व्यक्ति र अभियन्ताबीच विवाद भएको थियो । त्यसपछि पत्रकार सम्मेलन नै भाँडिएको थियो ।

उनले सेनाका उच्च अधिकारीसँग गरेको फोन कल पनि विवादमा छ उक्त कलमा सुदन एकदमै आक्रोशित देखिन्छन् । सेनासँग भन्दै गरिएको उक्त फोन कलमा उनले भनेका छन्, ‘दशरएघार बजेसम्म डिसिजन आएन भने हामी राष्ट्रपति कार्यालय घेर्छौँ । अस्ति हामीले छोडिदिएका छौँ । राष्ट्रपतिलाई छोएका छैनौँ ।’

सुशीला कार्कीलाई आफूहरूले प्रधानमन्त्री प्रस्ताव गरिसकेको बताउँदै उनी थप्छन्, ‘हामी गोली खान तयार छौँ । म सिरियस छु । अब पनि डिसिजन आएन भने रामचन्द्र पौडेललाई थुत्ने काममा मेरो पहिलो हात हुन्छ है दाइ ।’

उनले भदौ २३ को आन्दोलन अगाडि नै आन्दोलनमा आउन अपिल गरेका थिए । सुदन गुरुङ र हामी नेपालको इन्स्टाग्राम ह्यान्डलबाट उनले भनेका थिए, ‘८ सेप्टेम्बरमा प्रदर्शन हुने कुरा सबैलाई थाहा छ । माइतीघर मण्डलामा हुँदैछ । भ्रष्टाचार विरुद्ध, सामाजिक सञ्जाल बन्द विरुद्ध र सुशासनको लागि आन्दोलन हुँदै छ । त्यसैले मेरो अनुरोध छ, सबैजना आइदिनु होला ।’

You may also like