49
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ नाम्सीपुल नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा बसमा ढुङ्गा खस्दा एक यात्रुको मृत्यु भएको छ।
आज साँझ करिब ७ बजे तनहुँबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख १८३६ नम्बरको बसमा सवार लमजुङ घलेगाउँकी ४६ वर्षीया ऐश्र्या कामीको ज्यान गएको हो।
सडक माथिबाट खसेको ढुङ्गा बसको खुला ढोकाबाट भित्र छिरेर कामीलाई लागेको थियो। गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो। तर उपचारकै क्रममा उनको साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।
घटनापछि बस चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।