बालेनले भने : प्रिय हर्क, जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिँन

by समतल अनलाइन
60Shares

काठमाडौं । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई सम्बोधन गरेर स्टाटस लेखेका छन् । साम्पाङले केही दिनयता काठमाडौंका मेयर शाहको निरन्तर आलोचना गरीरहेका छन् । यही बिचमा शाहले जवाफ फर्काएका हुन् ।

काठमाडौंबाट धरान पुगेपछि पत्रकारहरूको भेटमा विदेशीले देशलाई टेकओभर गर्न सक्ने सम्भावना रहेको भन्दै हर्क रोएका थिए । पत्रकार भेटघाटमा हर्क भक्कानिएर बोली अड्किएपछि केही पत्रकारले ‘यतिखेर नरुनुस्’ भनेर समेत सम्झाएका थिए । त्यसपछि सम्हालिँदै हर्कले भने, ‘विदेशीले यतिखेर टेकओभर गर्नसक्ने सम्भावना छ । सबै नेताहरू भागाभाग छन् । कोही रक्ताम्य छन् । कोही बागमतीमा कुटाइ खाँदै गरेको देखिन्छ ।’

जवाफमा बालेनले लेखेका छन्,

डियर हर्क साम्पाङ,
तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छाड्दिँन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।
You are my true love.

You may also like