कोसी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना

by समतल अनलाइन
40Shares

काठमाडौं । आज (भदौ ३० गते) देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ ।

दिउँसो तथा राति देशभर मौसम बदली र विभिन्न स्थानमा मध्यमदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।कोसी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार,

आज दिउँसो : देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका धेरै तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा कोसी प्रदेश र बागमती प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

आज राति : देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

दिउँसो भन्नाले विहान ६ बजेदेखि साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ देखि विहान ६ बजेसम्मको अवधिलाई जनाउँछ ।

You may also like