बुटवल। जेन-जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते ज्यान गुमाएका सहिदहरुको सम्झनामा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले दिप प्रज्वलन गरेको छ।
क्लवले शनिबार साझ बुटवल–९ तिनकुने चोकमा दिप प्रज्वलन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व डिष्ट्रिक गभर्नर लायन्स अर्जुन मान शैंजु रहनुभएको थियो । उहाँले सहिदको योगदानलाई स्मरण गर्दै भन्नुभयो, देश र समाजको लागि प्राण अर्पण गर्ने सहिदहरु हाम्रो गौरव हुन्। तिनको बलिदानलाई बिर्सनु हुँदैन, बरु त्यसलाई ऊर्जा बनाएर अघि बढ्नु पर्छ।
त्यसैगरीलियो क्लब अफ बुटवल गोल्डेन जुब्लीका अध्यक्ष गरेका अशोक श्रेष्ठले भन्नुभयो युवाहरुको आन्दोलनले समाजमा चेतना ल्याएको छ। सहिदहरुको सपना पुरा गर्न हामी सबै मिलेर अघि बढ्नु जरुरी छ, भन्दै सहकार्य र एकताको आवश्यकता औँल्याउनुभयो।
सो अवसरमा निवर्तमान अध्यक्ष गोकुल भण्डारीले पनि आफ्नो भनाइ राख्दै भन्नुभयो , “हामीले दीप प्रज्वलन गरेर सहिदलाई सम्झिएका मात्र होइन, तिनको बाटोमा अघि बढ्ने दृढ प्रतिज्ञा गरेका छौं। लियो क्लबले सामाजिक उत्तरदायित्व बोध गर्दै निरन्तर यस्तै क्रियाकलाप गर्दै जानेछ,” भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।