प्रतिनिधि सभा विघटन गर्ने निर्णयप्रति माओवादी केन्द्रको गम्भीर असहमति

by समतल अनलाइन
52Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति गम्भीर असहमति जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मुलुकको वर्तमान परिस्थितिको समीक्षा गर्दै संवैधानिक व्यवस्था विपरीत संसद विघटन गर्ने निर्णय भएको उल्लेख गरेको छ । उक्त निर्णयप्रति माओवादी केन्द्रले गम्भीर असहमति जनाएको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

You may also like