रुपन्देहीमा कर्फ्यू हट्यो, जनजीवन सामान्यतर्फ

by समतल अनलाइन
87Shares

बुटवल। रुपन्देही जिल्लामा केही दिनदेखि जारी कर्फ्यू हटाईएको छ ।अहिले अवस्था सामान्य बन्न थालेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले केही दिनयता लागु गरेको निशेधाज्ञा तथा कफ्र्यु आदेश हटाएसँगै अवस्था सामान्य बन्न लागेको हो । प्रशासनले शुक्रबार बिहानसम्म कर्फ्यू आदेश लागु गरेको थियो ।

जिल्लामा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था कडा बनाएको थियो । अहिले स्थिति नियन्त्रणमा आइसकेको र शान्तिपूर्ण वातावरण कायम भएकाले कफ्र्यु हटाइएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जानकारी दिए ।

कफ्र्यु हटेसँगै बजार, यातायात, विद्यालय तथा अन्य सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले आवश्यकता परेमा पुनः कडाइ गरिने बताए ।

You may also like