65
काठमाडौं।मंगलबार बिहान गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बा ०१–००६ ख ४१३१ नम्बरको बस मंगलबार बिहान गोरखाको भीमसेन थापा गाउँपालिकामा दुर्घटना भएको हो ।
काठमाडौंबाट आरुघाट जाँदै गरेको बस भीमसेनथापा गाउँपालिका–३ को टारीफाँटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
बसमा सवार २२ यात्रुमध्ये २१ जना घाइते भएको उनको भनाइ छ । घाइतेको अवस्था सामान्य रहेको उनले बताए ।