सरोज पौडेलको निर्देशनमा बनेको फिल्म ‘कोशेढुङ्गा’ प्रदर्शनमा

by समतल अनलाइन
82Shares

बुटवल । सरोज पौडेलको निर्देशनमा बनेको नेपाली फिल्म ‘कोशेढुङ्गा’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। अभिनेत्री सुरक्षा पन्त, प्रवीण खतिवडा, ऋचा शर्मा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको यस फिल्ममा बिहेपछि एक महिलाले आफ्नै गाउँ फर्कने क्रममा भोग्नुपर्ने कथा प्रस्तुत गरिएको छ।

यसअघि ‘पूर्गबहादुर सारङ्गी’ निर्देशन गरेका पौडेलले यो पटक ग्रामीण परिवेशलाई केन्द्रमा राख्दै अस्तित्व, संघर्ष र परिवर्तनका विविध आयाम देखाउने प्रयास गरेका छन्।

उता, भोलि (भदौ १३) देखि भने अभिनेता नाजिर हुसेन अभिनित अर्को फिल्म ‘गुन्योचोलो : द ड्रेस’ प्रदर्शनमा आउँदैछ। समुन्द्र भट्ट निर्देशित यस फिल्ममा नाजिर पारलैङ्गिक महिलाको भूमिकामा देखिएका छन्। फिल्मको अग्रिम बुकिङ खुला गरिएको निर्माण पक्षले जनाएको छ।

You may also like

This will close in 0 seconds