एनपीएलको अक्सनका लागि छानिए १५० खेलाडी, आदिल ‘ग्रेड ए’ मा

by समतल अनलाइन
59Shares

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक भएको छ । एनपिएलले मंगलवार अक्सनमा सहभागी रहने १५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको हो । अक्सनका लागि ४५८ जनाले आफ्नो नाम दर्ता गराएका थिए ।

एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १५० खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको हो । १५० खेलाडी विभिन्न श्रेणीमा विभाजन भएका छन् ।

श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’ मा ३५ तथा श्रेणी ‘सी’ मा १०७ खेलाडी छन् । १५० जना खेलाडीले अन्तिम सूचीमा आफूूलाई पाए पनि जम्मा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ । ‘ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुनम गौतम छन् ।

कुन श्रेणीमा कति खेलाडी आवश्यक ?
श्रेणी ‘ए’ – ४
श्रेणी ‘बी’ – २३
श्रेणी ‘सी’ – १०
जम्मा – ३७

न्युनतम र अधिकतम मूूल्य
श्रेणी ‘ए’ न्यूनतम् १० लाख – अधिकतम १५ लाख
श्रेणी ‘बी’ न्यूनतम् ५ लाख – अधिकतम १० लाख
श्रेणी ‘सी’ न्युनतम २ लाख – अधिकतम ५ लाख

You may also like