कालीगण्डकी करिडोर अवरुद्ध

by समतल अनलाइन
Shares

गुल्मी । कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा गएको पहिरोले कालीगण्डकी करिडोर सडक पूर्ण रूपमा अबरुद्ध भएको छ । सडकमाथिबाट ठूला चट्टानसहित लगातार पहिरो खसिरहेकाले अवस्था अझै जोखिमपूर्ण रहेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिएका छन् ।

पहिरो हटाउने प्रयास थालिए पनि अविरल वर्षासँगै माटो र ढुंगा झर्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालन सम्भव नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले बताए । उनका अनुसार प्रहरी चौकी भुर्तुङबाट सुरक्षाकर्मीको टोली खटिइसकेको छ, तर निरन्तर खसिरहेको पहिरोले काम अवरुद्ध बनाइरहेको छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालय गुल्मीले बाढीपहिरोको जोखिम बढेकाले नदी र खोला आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । स्थानीयवासीलाई आवश्यक सावधानीका साथ सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ । लगातारको वर्षाले थप क्षेत्रहरूमा जोखिम बढ्न सक्ने भन्दै प्रशासन सतर्क रहन अपिल गर्दैछ ।

You may also like

This will close in 0 seconds