टेक्सासमा बाढीबाट मृत्यु हुनेको संख्या ८१ पुग्यो

by समतल अनलाइन
38Shares

काठमाडौँ । अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या ८१ पुगेको छ । सीएनएनका अनुसार मृत्यु हुनेमा २८ जना बालबालिका रहेका छन् ।

बाढीले केर काउन्टीमा मात्र ६८ जनाको मृत्यु भएको छ । ग्रीष्मकालीन शिविरका ११ जना बालिका अझै बेपत्ता छन् । उद्धार टोलीहरूले पहिलो ३६ घण्टामा ८५० भन्दा बढी मानिसहरूलाई उद्धार गरेको बताएका छन् ।

बाढीले मध्य टेक्सासका बान्डेरा, कोमल, कोन्चो, गिलेस्पी, केन्डल, केर, किमबल, लानो, मेसन, म्याककुलो, मेनार्ड, रिभ्स, सान साबा र टम ग्रीन क्षेत्र बढी प्रभावित रहेको बताइएको छ । त्यस्तै टेक्सासमा अझै ठुलो बर्षाको पूर्वानुमान गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

टेक्सास राज्य सरकारले अझै कम्तिमा ४१ जना बेपत्ता रहेको जानकारी दिएको छ । प्रशासनले बाढी प्रभावित क्षेत्रमा ठूलो मात्रामा खोजी कार्य भइरहेको र अहिलेसम्म आठ सय भन्दा बढीको उद्धार गरिएको जनाएको छ । त्यस्तै बेपत्ताको खोजीका लागि एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको बताइएको छ ।

Comments

You may also like