65
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा १७ सयले बढेर तोलाको एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा तोलामा ३५ रुपैयाँ बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २०२५ रुपैयाँमा कारोबार भइरहेको छ ।