पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : आंशिक बदलीसहित मेघगर्जन र मध्यम वर्षाको सम्भावना

Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशभरि पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले समेत आंशिक प्रभाव पारेको महाशाखाले जनाएको छ ।

विभागका अनुसार मधेश प्रदेशको पश्चिमी भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । अन्य भूभागमा मुख्यतः सफा आकाश देखिएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भूभागमा मुख्यतः सफा आकाश रहने छ । यी सबै प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सङभावना छ । उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने देखिन्छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मुख्यतः सफा आकाश रहने अनुमान छ ।

आज नेपालमा सूर्योदय बिहान ५ः१३ मा भएको थियो र सूर्यास्त साँझ ६ः४८ मा हुनेछ ।

You may also like