75
चितवन।पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रुवाहक बस डिभाइडरमा ठोक्किँदा १५ जना घाइते भएका छन्।
लहानबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिए। दुर्घटनाको समयमा बसमा ३९ जना सवार थिए।