78
बुटवल। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थप दुई बालकको शव फेला परेको छ।
मंगलबार बिहान सशस्त्र प्रहरी बलको गोताखोर टोलीले १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव नदीबाट निकालेको हो।
उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट गोताखोर टोली ल्याइएको थियो। सुरक्षा वेश लुम्बिनीका नायब उपरीक्षक दीपक कोइरालाको नेतृत्वमा खोज कार्य सञ्चालन गरिएको थियो।
यसअघि सोमबार साँझ १४ वर्षीय राज यादवको शव फेला परेको थियो।