72
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आजका लागि तोकिएको छ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेको पक्षमा उनकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी हुन्। निवेदनमा लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको उल्लेख छ।
यसअघि लामिछानेले आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए। त्यसपछि सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतका कागजात माग गरेको थियो।
सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।