51
पोखरा ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक मित्रराष्ट्र चीनको सिचुवान प्रान्तको छेन्दुका लागि व्यावसायिक चार्टर उडान सम्पन्न भएको छ। विमानस्थल उद्घाटन भएको दुई वर्षपछि मंगलबार पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान गरिएको हो।
निजी पर्यटन व्यवसायीहरूको पहल, पोखरा पर्यटन परिषद्को नेतृत्व तथा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनिज एशोसिएसनको सहकार्यमा यो ऐतिहासिक उडान सम्पन्न भएको हो।
यो ऐतिहासिक क्षणको प्रत्यक्ष साक्षी बन्न पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष–२०२५ का कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईलगायत एक सय २६ सदस्यीय टोली छेन्दु पुगेको छ।