नगेन्द्र केसी
शुद्धोदन । रुपन्देही जिल्लाको शुद्धोदन गाउँपालिका-२ मा अवस्थित खड्वा बनगाई खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्रथम साधारणसभा तथा अधिवेशन एक समारोहबीच सम्पन्न भएको छ।
उक्त अधिवेशन संस्थाका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा तथा रुपन्देही जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। साधारणसभामा आर्थिक वर्षको आम्दानी-खर्च विवरण प्रस्तुत गरी पारित गरिएको थियो। अध्यक्ष पदका लागि मतदान फागुन ४ गते कार्यकारी समिति र लेखा समितिको निर्वाचन अन्तर्गत कार्यकारी समितिको अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ। अन्य पदहरूमा भने एकल उम्मेद्वारी परेकोले सर्वसम्मत रूपमा चयन गरिएको छ।
अध्यक्ष पदको निर्वाचन प्रक्रिया समय अभावका कारण फागुन ४ गते आइतबार बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म मतदान गरिने जानकारी संस्थाका व्यवस्थापक सीता काफ्ले शर्माले दिनुभयो।
निर्वाचित पदाधिकारीहरू कार्यकारी समिति उपाध्यक्ष: केशवराज पौडेल सचिव: हुमबहादुर क्षेत्री कोषाध्यक्ष: बुद्धि बहादुर खत्री सदस्यहरू: सुजाता शमा पौडेल, त्रिविक्रम ज्ञवाली, पदमप्रसाद ढकाल, रामचन्द्र दंगोरिया थारु, भीम पराजुली क्षेत्री, विष्णु कुमारी खत्री, धन कुमारी थारु, मिरा देवी थारु, कला कुमारी थापा लेखा समिति संयोजक: शालिकराम शर्मा सदस्यहरू: ख्यामबहादुर गोदार, कृष्ण मरासिनी विशिष्ट अतिथिहरूको उपस्थिति अधिवेशनमा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा समुदायका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।