बुटवल। नवीन औद्योगिक कदरबहादुर रिता मावि देवीनगरमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै समूहका विद्यार्थीहरूलाई जीवन उपयोगी सीप र व्यवहार कुशल सीप सम्बन्धी सप्ताहव्यापी प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ।
दिन प्रतिदिन बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणको लागि ट्राफिक जनचेतना सँग सम्बन्धीत सवारी साधन लेन अनुसार प्रयोग, सवारी साधनको लेन अनुसारको गति ,फुटपाथ भएको सडकमा र फुटपाथ नभएको सडकमा हिँड्ने तरिका, सडक पार गर्ने तरिका ITL/STL सम्बन्धी जानकारी ,पोलिकन क्रसिङको प्रयोग, ट्राफिक आइल्यान्डको प्रयोग,मास ट्रान्जिटमा जोड, विद्यालय ,अस्पताल र सहरी क्षेत्रमा सवारी साधनको गति लगायत अङ्ग्रेजी र नेपालीमा मापदण्ड अनुसार व्यवहारिक लेखन सहजीकरण माघ १५ गतेबाट सुरु गरी विज्ञान समूह कक्षा ११ र १२ लाई दुईपटक, व्यवस्थापन , कानुन र शिक्षा समूह कक्षा ११ र १२ लाई चारपटक र सिभिल इन्जिनियरिङ समूह कक्षा ११ र १२लाई एकपटक गरी सातपटक मास लर्निङ सिकाई सुरु गरिएको थियो ।
उक्त मास लर्निङ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत इसीए इन्चार्ज तथा अंग्रेजी विषय शिक्षक नेत्रलाल खरेल र जुनियर इन्जिनियर विशाल रावतले प्रत्येकपटक ३०० विद्यार्थीका दरले २१०० विद्यार्थीहरूलाई प्रत्येक पटकदुई घण्टाका दरले सहजीकरण सम्पन्न गरिएको हो।
विद्यार्थीहरूलाई समयको मागअनुसार डिजिटल साक्षरता ,नेतृत्व र व्यक्तित्व विकासमा सहयोग पुग्ने गरी सहजीकरण गरिएको हो।