आध्यात्मिक शान्ति र सकारात्मक सोंचको बिकासका लागि सदबिचार र सदाचार आवश्यक

by समतल अनलाइन

हरिश ढकाल
बुटवल। समाजमा बिकृति, बिसंगती र दुराचारको अन्त्य सँगै सदाचारी भावनाको विकास गर्न आवश्यक रहेको कुरामा एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् ।आध्यात्मिक शान्ति र सकारात्मक सोंचको बिकासका लागि सदबिचार र सदाचार आवश्यक रहेको भन्दै बक्ताहरुले मानवजगतको कल्याणका लागि आध्यत्मिक चिन्तन उत्तिकै आवश्यक रहेको धारणा ब्यक्त गरेका छन् ।

अलौंकिक ब्रम्हा बाबाको आरोहण तथा विश्व शान्ति दिवसका अवशरमा बुटवल १२ ढवाहका आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले ब्यक्तिगत सदाचार र आहार बिहारमा ध्यान दिनुपर्ने बताएका हुन । ब्रम्हाकुमारी ईश्वरिय बिश्व बिद्यालय बुटवलद्वारा पिसपार्कमा आयोजित सो कार्यक्रममा बोल्दै रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सहअस्थित्व, सद्भावना, सकरात्मक साेंचबाटनै आत्म शुद्धिकरणका साथै शान्ति मिल्ने बताए ।व्रम्हाकुमारी बिश्व बिद्यालयले बातावरणको संरक्षण तथा महिला सशक्तिकरणका लागि पनि खेलेको भूमीका महत्वपुर्ण रहेको प्रजिअ घिमिरेले उल्लेख गरे ।

कार्यक्रमका प्रमुख वक्ता ब्रम्हा कुमारीज नेपालका निर्देशक बाल ब्रम्हचारिणी परिणिता दिदीले धर्मले नै मानिसलाई अनुशासनको बाटोमा हिडाउन सक्ने बताउनु भयो । सदाचार र सदबिचारका लागि योग, ध्यान र सात्विक भोजन आवश्यक रहेको कुरामा जोड दिँदै उहाँले यसबाट मात्रै आध्यात्मिक तथा धार्मिक शान्ति मिल्ने बिचार ब्यक्त गरेकी छन् ।

ब्रम्हाकुमारी ईश्वरिय बिश्व बिद्यालय, क्षेत्रीय कार्यालय बुटवलका अध्यक्ष तथा सह निर्देशक कमला दिदीले सत्धर्म, सतविचार र सत् आचारणको पालनाले नै आत्म शुद्धिकरण हुने बताईन् ।कलियुगको अन्त्यमा धर्मको रक्षा गर्ने सृष्टिको संंरक्षणका लागि पनि एक तत्वको जन्म हुने विश्वास गरिएको छ । संस्कार परिर्वतन पछि नै समाज परिर्वन हुनसक्ने कमला दिदिको भनाई थियो ।

कार्यक्रममा संचालक व्रहमाकुमारी इश्वरिय विश्वद्यिालयका केन्द्रिय सदस्य तथा क्षेत्रिय सचिव नरेन्द्र भाइजी, केन्द्रिय महासचिव ब्रम्हाकुमार शैलेस दाजु, बुटवल उपमहानगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष नरिश्वर पौडेल, ब्रम्हाकुमारी सिमा दिदी, क्षत्रिय कार्यालय प्रमुख शान्ति दिदी लगाएतले बोल्दै मानव जिवनका लागि आध्यात्मिक शान्तिको महत्वबारे प्रकाश पारेका थिए । सो अवसरमा रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष मीना भट्टराई ढकाल, लुम्बिनी प्रदेशसभाका पुर्व सदस्य रिना नेपाल लगाएतलाई सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like