रूपन्देही । मानवसेवा आश्रमले लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि सुरू भएको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको दाेस्राे दिन गुरू भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्नुभएकाे हाे ।
मंगलबार बुटवल उपमहानरपालिका-११ निवासी गौतम ज्ञवालीले भवनको स्तरोन्नतिको लागि ५१ हजार १ सय १५ रूपैयाँ दान गर्नुभएको छ । तिलोत्तमा नगरपालिका-१५ निवासी बाबुलाल भुसाल र हरिकला भुसालद्वारा महायज्ञमा १५ हजार ५ सय ५५ रूपैयाँ, तिलोत्तमा-८ निवासी ढालानन्द चालिसेले भनवको निर्माणमा सहयोग गर्ने उद्देश्यले १५ हजार ५ रूपैयाँ योगदान गर्नुभएको हो ।
त्यस्तै देवदह नगरपालिका-२ निवासी गंगाबहादुर नेपाली र जमुना नेपालीले आफ्नै वैवाहिक वर्षगाँठको अवसर पारी महायज्ञमा १० हजार रूपैयाँँ योगदान गर्नुभएको हो ।
बुटवल नगरपालिका-१३ निवासी लक्ष्मी ज्ञवालीले ५ हजार, १ सय १ रूपैयाँ प्रदान गर्नुभएको छ भने तिलोत्तमा ५ मणिग्राम निवासी मनकारी एकजना दाताले गोप्य दान मार्फत २१ हजार रूपैयाँ दान गर्नु भएको आश्रमले जनाएको छ ।
मानवसेवा आश्रमको आयोजनमा रुपन्देहीको तिलोत्तमा-५ मणिग्राम (प्रदर्शनी हुने स्थान) हिजोदेखि सुरू भएको महायज्ञ माघ १४ गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञमा बिहान ५ बजेदेखि ७ बजेसम्म योग शिविर , ८ बजेदेखि १० बजेसम्म विद्यार्थीहरूको लागि मानवता प्रवर्द्धनका लागि मानसिक स्वास्थ प्रवर्द्धनका कार्यक्रम, बेलुका ६ बजेदेखि सन्ध्या भजन कृर्तनका कार्यक्रम सञ्चालन भइरहेका छन् । मानवता प्रवर्द्धनकाका लागि १२ वर्षदेखि अनवरत रूपमा क्रियाशिल संस्था मानवसेवा आश्रमले महायज्ञमा सहयोग गरी मानवता प्रवर्द्धनकामा मद्दत गरिदिन समेत रूपन्देहीबासीलाई आग्रह गरेको छ ।