काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको छ। कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर १०५ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३८, सैफ जेव ११, विनोद भण्डारी ४, ब्राण्डन म्याकमुलेन तीन रन बनाएर आउट भए । कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान एकऔएक विकेट लिए । टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले सबै विकेट गुमाएर १०१ रन बनाएको थियो ।
कर्णालीका लागि जिसन मक्सुद ३०, विलियम बसिस्टो १६, बाबर हायात १३, चाडविक वाल्टनज ११, सोमपाल कामी ११, देव खनाल सात, गुलशन झा दुई, विपिन शर्मा, नन्दन यादव र रित गौतम शून्यमा आउट भएका थिए । सुदूरपश्चिमका लागि हर्मित सिंह तीन, स्कट कुगेलेइन दुई, सैफ जेव र कप्तान ऐरीले समान एकऔएक विकेट लिएका थिए । ७ खेलमा ६ जितसँगै सुदूरपश्चिम लिगको अंक तालिकामा शीर्ष स्थान कायम गर्न सफल भयो ।