कस्तो रहला आजको मौसम ?

by समतल अनलाइन

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबार (आज) मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ। तर तराई र उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेको छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण देशभरको मौसम मुख्यतया सफा रहनेछ । महाशाखाले दैनिक जनजीवन, यातायात र हवाई उड्डयनमा असर पुर्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ‘ह्याक’
मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ‘ह्याक’ भएको छ । आइतबार रातिदेखि वेभसाइट ह्याक भएको महाशाखाकी मौसविद् बिनु महर्जनले जानकारी दिएकी छन् । महाशाखाको वेभसाइट http://mfd.gov.np/ ह्याक भएको भन्ने सूचना देखाइएको छ ।

‘ह्याक भएको हो । राति साँझको फरकास्ट अपडेट गरेपछि भएको हो । राति हेर्दा स्क्रिनमा त्यस्तो देखियो,’ महर्जनले भनिन् । समाधानका लागि प्राविधिकहरूले काम गरिरहेको महर्जनले जानकारी दिएकी छन् ।

 
 
  
 

You may also like