बुटवल। प्रथम सहिद लखन थापामगर स्मृति भलिबल प्रतियोगिता जनज्योति क्लबले जितेको छ। बुटवलको गोलपार्कमा आइतबार सम्पन्न फाइनल खेलमा जनज्योति क्लब बी ले गोलपार्क युवा क्लबलाई ३-० को सेटमा पराजित गर्दै उपाधि जितेको हो।
जनज्योति क्लबले ३० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र सहित पहिलो पुरस्कार जितेको छ। गोलपार्क क्लबलाई २० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त भएको छ। मणिमुकुन्द भलिबल क्लबले तेस्रो स्थानमा १० हजार रुपैयाँ नगद र शिल्ड, मेडल प्राप्त गरेको छ।
प्रतियोगितामा १६ टिमको सहभागिता थियो र फाइनल खेल ३० मंसिरमा सम्पन्न भएको हो। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विजेता टिमहरूलाई पुरस्कार प्रदान गर्दै स्थानीय स्तरमा खेल विकास र खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिताहरू निरन्तर सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमका अन्य प्रमुख उपस्थितिहरूमा बुटवल उपमहानगरपालिकाका खेलकुद विकास समितिका संयोजक बोनीन पिया, नेपाल मगर युवा संघ बुटवल उपमहानगर वडा नं ७ इकाई समितिका संरक्षक कृष्ण थापा झेँडिमगर, समितिका अध्यक्ष कुमार रानामगर, खेल संयोजक सन्तोष पुनमगर लगायतका व्यक्तिहरू थिए।