बुटवल।नमस्ते नेपालको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय पहिलो भेला सम्पन्न भएको छ। भेलामा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले संगठनलाई समाजमा पहिचान देखिने गरी प्रभावकारी काम गर्न निर्देशन दिए। उनले विशेष गरी लैंगिक विभेदविरुद्ध र वातावरण सरसफाइमा केन्द्रित भई काम गर्न सुझाव दिंदै, स्थानीय तहहरूसँग सहकार्यमा समाजमा परिवर्तन ल्याउने कार्यमा जोड दिनुपर्ने बताए।
संस्थापक अध्यक्ष तथा संरक्षक अर्जुन खरेलले युवाहरूमा व्याप्त निराशा हटाई संगठित भएर अवसर खोज्नुपर्ने बताए। गण्डकी प्रदेशमा समिति गठन भइसकेको उल्लेख गर्दै उनले छिट्टै सातै प्रदेशमा समिति विस्तार गर्ने योजना सार्वजनिक गरे।
शुभेच्छुक मुकुन्द ज्ञवालीले युवाहरूलाई आफ्नो दक्षता चिन्न सृजनशील बन्न र सकारात्मक सोचसहित कार्य गर्न प्रेरित गरे। शुभेच्छुक राजिव गौतमले नकारात्मक सोच त्यागेर कर्ममा ध्यान दिनुपर्ने र समाज परिवर्तनका लागि दृढ इच्छाशक्ति आवश्यक हुने बताए।
कार्यक्रमको अध्यक्षता लुम्बिनी प्रदेश इन्चार्ज तथा संयोजक विपिन नेपालले गरेका थिए। कार्यक्रममा नयाँ नेतृत्व चयन गरिएको छ, जसअनुसार जीवन पाण्डे (गुल्मी) अध्यक्ष, मेघराज बस्याल (पाल्पा) उपाध्यक्ष, अस्मिता पाण्डे (रुपन्देही) महिला उपाध्यक्ष, अनु कालिकोटे (रुपन्देही) सचिव, प्रतिमा भुसाल (रुपन्देही) सहसचिव, र साजन खनाल (अर्घाखाँची) कोषाध्यक्ष चयन भएका छन्।
कोषाध्यक्ष बरदान आचार्यले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन अस्मी खड्काले गरिन्। नवनिर्वाचित नेतृत्वले नमस्ते नेपालको उद्देश्यलाई प्रभावकारी रूपमा अघि बढाउँदै समाजमा सकारात्मक