156
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–३, गुलरीमा बस र कार आपसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको छ।
भैरहवाबाट तौलिहवा जाँदै गरेको लु२ख २३१ नम्बरको बसले तौलिहवाबाट भैरहवा जाँदै गरेको बा १४ च ७४४८ नम्बरको कारलाई शनिबार बिहान ठक्कर दिएको हो।
दुर्घटनामा कार चालक, वाणगंगा नगरपालिका–४, हरिहरपुरका ४५ वर्षीय इन्द्रबहादुर सार्की र प्यूठान पकला–७ का ४३ वर्षीय निमबहादुर सारुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले जानकारी दिए।
त्यसैगरी, ठक्करमा परेका लु३८प ९१९९ नम्बरको मोटरसाइकल र बस पनि दुर्घटनाग्रस्त भएका छन्।
दुर्घटनामा घाइते भएका १४ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।
थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।