नख्खु खोलाको बाढीमा उद्धारकर्मी कुर्दाकुर्दै चार जना बेपत्ता

उद्धारकर्मी कुरिरहे, आश्रय लिएको टहरोसहित बगायो

by समतल अनलाइन

काठमाडौं ।ललितपुरको नख्खु खोलामा आएको बाढीले चार जना बगाएको छ । ललितपुर महानगरपालिका–१४ नखिपोटमा रहेको कान्तिपुर कोलोनी नजिकै नख्खु खोलाले उनीहरूलाई बगाएको हो ।

खोला किनारमा टहरो बनाएर बसेका भनिएका उनीहरू लामो समयदेखि उद्धारको पर्खाइमा रहेका बुझिएको छ । समयमै उद्दार नहुँदा उनीहरूलाई बाढीले बगाएको हो ।

बाढीले बगाउँदा दुई पुरुष, एक महिला र एक बालक हराइरहेका सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन्‌ ।

 
 
  
 

You may also like