दुई यात्रु बस पहिरोले बगाएको स्थानमा प्रजिअसहितको टोली पुग्यो

चितवन।चितवनमा २ वटा यात्रु बस पहिरोले बगाएको छ । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा दुई वटा बस त्रिशुली नदीमा खसेका छन् ।

शुक्रबार बिहान साढे ३ बजे खसेको लेदोसहितको पहिरोले काठमाडौं–वीरगञ्ज र काठमाडौं–गौर चल्ने यात्रुबहाक बस बगाएको जानकारी प्राप्त भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

काठमाडौं–वीरगञ्ज चल्ने बसमा २४ जना र काठमाडौं–गौरको बसमा ४१ जना यात्रु सवार रहेको जानकारी आएको प्रजिअ यादवले बताए । तर ती बस कता जाँदै थिए भन्ने खुलेको छैन ।

अहिले उद्धारका लागि चितवन प्रहरी प्रमुख भावेष रिमालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। प्रजिअ यादवसहितको टोली पनि घटनास्थलमा छ ।

 
 
  
 

You may also like