रक्तदान गर्दै सक्षमले मनायो स्थापना दिवस,४८ युनिट रगत संकलन

बुटवल । सक्षम बचत तथा ऋण सहकारी सस्थाले रक्तदान कार्यक्रम गर्दै स्थापना दिवस मनाएको छ । सहकारीको १७ औ स्थापना दिवसको अवसरमा बुटवल ब्लड बैकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाएको हो ।

रक्तदानका अवसरका ४८ युनिट रगत संकलन भएको सहकारीका उपाध्यक्ष देवीराम पाण्डेले जानकारी दिनु भयो । सहकारीको सामाजीक दायीत्व अन्र्तगत स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको उहाँले बताउनु भयो ।

सहकारीका अध्यक्ष लिलाधर लुइटेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा बोल्दै उहाँले जन्मदिन, स्थापना दिवस जस्ता महत्वपुर्ण अवसरमा रक्तदान जस्तो पुन्यको कर्म गरेर मनाउन सुझाव दिनु भयो । उहाँले सहकारीमा हरेक सदस्यलाई आफ्नो जन्मदिन, वैवाहिक बार्षिकोत्सव जस्ता अवसरमा ब्लड बैंकमा आएर रक्तदान गरेर मनाउन आग्रह गर्नु भयो ।

कार्यक्रम संयोजक मोहन भट्टराईको स्वागत तथा सचिव दिपक खड्काको संचालनमा भएको थियो ।

 
 
  
 

You may also like