बाढीले बगाउँदा जाजरकोटमा शिक्षकको मृत्यु, पाँच जना बचे

by समतल अनलाइन
Shares

जाजरकोट । जाजरकोटमा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । शनिबार राति तारेचौर खोलामा एक्कासी आएको बाढीले बगाउँदा कुशे गाउँपालिकाको पैंकका ईन्द्र रोकायाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ११ बजे एक्कासी खोलामा बाढी आउँदा ६ जनालाई बगाएको थियो । तीमध्ये रोकाया मृत भेटिएको जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

‘राति माछा मार्न गएको बेला एक्कासी बाढी आउँदा ६ जनालाई बगाएको रहेछ, पाँच जना आफैं निस्किएका रहेछन,’ डिएसपी पाण्डेले भने, ‘हामीलाई बेपत्ता भएको भनेर खबर गरिएका एक जना साढे ११ बजे मृत फेला पर्नुभएको हो ।’

You may also like

This will close in 0 seconds