टी–२० विश्वकप : आज सुपर–८ का दुई खेल हुँदै

काठमाडौँ । जारी टी–२० विश्वकप अन्तर्गत आज (आइतबार) सुपर–८ का दुई खेल हुँदै छन् । आज पहिलो खेल अफगानिस्तान र अस्ट्रेलियाबीच हुँदैछ । सेन्ट भिन्सेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ः १५ बजेदेखि सुरु हुनेछ ।

सुपर–८ मा अफगानिस्तानले आफ्नो पहिलो खेलमा भारतसँग हार व्यहोरेको छ भने अष्ट्रेलियाले बंगलादेशमाथि जित हासिल गरेको छ । अफगानिस्तान र अष्ट्रेलियाबीच अहिलेसम्म एक टी–२० खेल भएको छ, जुन अष्ट्रेलियाले जितेको छ ।

त्यस्तै आज दोस्रो खेल इङल्याण्ड र अमेरिकाबीच हुँदैछ । बारबाडोसस्थित केनसिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राति ८ः १५ बजेदेखि सुरु हुनेछ । सुपर–८ मा दुवै देशको यो अन्तिम खेल हो । इङल्याण्डले २ खेलमा एक जित र एक हार व्यहोरेको छ भने अमेरिकाले दुवै खेलमा हार व्यहोरेको छ ।

सेमिफाइनलमा पुग्न आज इङल्याण्डका लागि अमेरिकालाई पराजित गर्नै पर्ने र अर्को खेलमा दक्षिण अफ्रिकाले वेष्ट इण्डिजलाई पराजित गर्नुपर्ने अवस्था रहेको छ । त्यस्तै वेष्ट इण्डिजले जितेमा भने रनरेटको आधारमा सेमिफाइनलमा पुग्ने देशको तय हुनेछ । त्यस्तै अमेरिकाले भने कम्तिमा ८० रनको अन्तरमा इङल्याण्डलाई पराजित गरेमा तथा दक्षिण अफ्रिकाले वेष्ट इण्डिजलाई कम्तिमा ६७ रन अन्तरले पराजित गरेमा मात्र सेमिफाइनलमा पुग्ने छ ।

 
 
  
 

You may also like