परम्परागत सिप र संकृतिको संरक्षण गर्न कञ्चनमा दुना टपरी बुन्ने तालिमको शुभारम्भ

by समतल अनलाइन

कञ्चन/ रुपन्देहीको कञ्चन गाउपालिकाले परमपरागत सिप र संस्कृतिको संरक्षण गर्न दुन टपरी बुन्ने तालिम संचालन गरेको छ। कञ्चन गाउँपालिका वडा नं. ४ को बार्षिक कार्ययोजना अन्तर्गत वडा नं. ४ ले वडाका २७ महिला तथा आमा समूहहरुका लागि उक्त तालिमको संचालन गरेको हो। तालिमको शुभारम्भ गर्दै वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले आजभोली कुनै पनि भोज भटेरमा प्लाष्टिक जन्य प्लेटहरुको प्रयोगले आर्थिक र वातावरणिय प्रदुषण समेत बढिरहेको र परमपरागत रुपमा प्रयोग हुदै आइरहेको दुना र टपरीको प्रयोग लोप हुदै गएकोले उक्त दुना टपरी बुन्ने सिपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न र संस्कृतिको संरक्षण गर्न तालिमको आयोजना गरिएको बताउनु भयो।

यसैगरी कार्यापालिका सदस्य सुशिला थापाले महिलाहरुमा रहेको परम्परागत सिपलाई व्यबसायिक बनाई महिलाहरुमा आत्मनिर्भरताको आधार तयार गर्न सहयोग पुग्ने उद्धेश्यका साथ दुन टपरी बुन्ने तालिम संचालन गरिएको बताउनु भयो। ब्यबसायिक रुपमा बुन्ने हो भने दुना टपरीको राम्रो बजार भएको उल्लेख गर्दै कार्यापालिका सदस्य थापाले तालिम लिएपछि नियमित रुपमा टपरी बुनेर व्यबसायिक बन्नु पर्नेमा जोड दिनु भयो।

यस्तै कार्यक्रमको सहजिकरण गर्दै वडा सचिव चक्रपाणी पौडेलले देख्दा र सुन्दा सामान्य जस्तो लागेपनि ब्यबहारिक रुपमा जिवन उपयोगी सिपको रुपमा दुना टपरी बुन्ने तालिमले परम्परागत रुपमा प्रचलनमा ल्याइदै आएको दुन टपरी प्रयोग गर्ने संस्कृतिलाई संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न समेत सहयोग सिद्ध हुने बताउनु भयो। हरेक शुभकार्यहरुमा दुना टपरीको महत्व र उपयोग गरिने भएकोले यसको बजारिकरणमा कुनै समस्या नआउने वडा सचिव पौडेलले बताउनु भयो ।

वडा अध्यक्ष केशर बहादुर खत्रीको अध्यक्षता, कार्यपालिका सदस्य सुशिला थापाको स्वागतमा शुभारम्भ भएको तालिमको औपचारिक कार्यक्रम वडा सचिव चक्रपाणी पौडेलले संचालन गर्नु भएको थियो। जनजागृति महिला समूहको सभाहलमा संचालन भएको तालिममा वडाका २७ महिला तथा आमा समूहका ६० जना महिलाहरुको सहभागिता रहेको छ।

 
 
  
 

You may also like