कुसुम सहकारीद्वारा तीजको शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम

by समतल अनलाइन

बुटवल ।कुसुम बहुउद्देश्यीय सहकारी संस्था बुटवल शाखाले तिजको अवसरमा हिन्दु महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष सुरेश ढकालले हरितालिका तीजको अवसरमा सम्पुर्ण महिलाहरुलाई शुभकामना ब्यक्त गर्दै तीज पर्वले महिला दिदिबहिनीहरुमा एकाआपसमा सद्भाव र एकता सन्देश दिने बताए।

उहाले सदस्य मैत्री बनाउनका निम्ति शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम गरेको जिकिर गरे । कुसुम सहकारीले समय समयमा विभिन्न कार्यक्रम आयोजना गरेको स्मरण गर्दै आगामी दिनमा पनि विभिन्न रचनात्मक कार्यक्रम गर्ने बताए।

पाल्पाको तानसेन प्रधान कार्यालय रहेको सहकारीको गुल्मी र रुपन्देही गरि ३ जिल्लामा शाखा बिस्तार गरि उत्पादनमुलक क्षेत्रमा लगानी गरेको उनले बताए ।

सहकारीले कार्यक्रमको अवसरमा दैनिक ज्याला मजदुरी गरि सहकारीमा नियमित रुपमा बचत गर्ने संस्थाकी सदस्य लक्ष्मी आचार्यलाई सम्मान गरिएको थियो।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण कार्की ,ब्यवस्थापक विजय ढकाल लगायतले बोल्दै हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

सहकारी पाल्पा शाखा प्रमुख मथुरा पराजुलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाकी जेष्ठ सदस्य प्रेमकला पाण्डेको अध्यक्षता, सहकारी अध्यक्ष सुरेश ढकालको प्रमुख आतिथ्यता एंव गोमा पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like