साफ च्याम्पियनसिप : कुवेत समूह विजेता बन्दै सेमिफाइनलमा, कुवेत र भारतको खेल बराबरी

काठमाडौँ । साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा घरेलु टोली भारतले कुवेतसँग बराबरी खेलेको छ ।
खेलको पहिलो हाफमा कप्तान सुनिल क्षेत्रीले गोल गरी अग्रता लिए पनि भारतले अग्रता जोगाउन सकेन । इन्जुरी समयमा अनवर अलिले आत्मघाती गोल गरेपछि खेल एक–एकको बराबरी भएको थियो ।

बराबरीपछि कुवेत समूह ‘ए’ को विजेता र भारत उपविजेता बनेको छ । कुवेत र भारत यसअघि नै सेमिफाइनल पुगिसकेका थिए । समूह चरणबाट बाहिरिसकेका दुई टोली नेपाल र पाकिस्तानबीच हिजो भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले पराजित गरेको थियो ।

 
 
  
 

You may also like