धेरै ठाउँमा पानी पर्ने, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशैभरका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशका एक–दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ ।

त्यस्तै मंगलबार कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like