तिलोत्तमाको स्वास्थ्यचौकीमा एन्टी रेबिज भ्याक्सिन सेवा सुरु

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एन्टीरेबिज भ्याक्सिन सेवा सुरु भएको छ । तिलोत्तमा(६ स्थित आनन्दवन स्वास्थ्य चौकीबाट सो सेवा सुरु भएको वडा अध्यक्ष गणेश पाठकले बताएका छन्। सो सेवा सुरुसंगै नगराबासीमा खुसी छाएको छ। यसअघि बुटवल र भैरहवामा मात्रै उपलब्ध रहेको रेबिजविरुद्धको भ्याक्सिन अब तिलोत्तमामा पनि पाइने भएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख रामकृष्ण खाणले भ्याक्सिन सहितको बक्स स्वास्थ्य चौकीका प्रमुख ज्ञानु पौडेल र फोकल पर्सन हुमनाथ पाण्डेलाई हस्तान्तरण गरी उक्त सेवा सुरु गरे । सेवा आरम्भ कार्यक्रममा बोल्दै खाणले स्वास्थ्य क्षेत्रमा अझै पनि सुचना र चेतना कम हुँदा समस्या देखिएको बताए । उनले यो सेवासम्बन्धी जानकारी हरेक वडाका नगरबासीसमक्ष पुर्‍याउन सबै नगरबासी टोलबासीहरुमा आग्रह गरे। बाताबरण र स्वास्थ्यको क्षेत्रमा प्रगती भएको भन्दै नगर प्रमुख खाणले अन्य क्षेत्रको भन्दा तिलोत्तमाका नगरबासीको औसत आयु बढी रहेको बताए। नगरप्रमुख खाणले नगरपालिकाको हरियाली प्रवर्द्धन, छाडा कुकुर र अन्य जनावर व्यवस्थापन तथा स्वास्थ्यको क्षेत्रमा नगरपालिका लागिपरेको बताए ।

सो अवसरमा बोल्दै तिलोत्तमा(६ का वडा अध्यक्ष गणेश पाठकले बुटवल भैरहवा जानुपर्ने बाध्यता टरेको भन्दै त्यस्ता पशुले टोकेर लाग्ने रेबिजको भ्याक्सिन तिलोत्तमामै पाइने बताए।उनले घरघरमा स्वास्थ्यकर्मी र जनताले सो सम्बन्धी सुचना र चेतनालाई सबै माझ लैजानुपर्ने बताए। सो कार्यक्रममा बोल्दै तिलोत्तमा(१ का वडा अध्यक्ष फर्शु राम गिरी, स्वास्थ्य शाखा प्रमुख ध्रुव घिमिरे, स्वास्थ्य चौकी प्रमुख ज्ञानु पौडेल लगायतले नगरबासीहरुले सो सम्बन्धि सेवाको पुर्ण लाभ लिन आग्रह समेत गरेका छन्।

 
 
  
 

You may also like