उपनिर्वाचन : आज राति १२ बजेबाट मौन अवधि, प्रचार गर्न नपाइने

काठमाडौं । उपनिर्वाचनको मौन अवधि आज (बिहीबार) राति १२ बजेबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए ।

‘उपनिर्वाचनको प्रचारप्रसार वैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन्छ । त्यसपछिको अवधि प्रचार गर्न नपाइने अवधि हो’, उनले भने । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ ।

 
 
  
 

You may also like