लुम्बिनी साँस्कृतिकको प्रमुख प्रशासकीय अधिकृतमा ज्ञवाली , हाजिर भएकै दिन अनुगमन

लुम्बिनी । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा राम प्रसाद ज्ञवाली हाजिर भएका छन् ।नेपाल सरकारले कर्मचारी हेरफेर गर्ने क्रममा उपसचिव राम प्रसाद ज्ञवालाई लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ ।उपसचिव ज्ञवालीले गत बिहिबारबाट नगरपालिकामा आफनो सेवा प्रारम्भ गरेको जनाइएको छ ।देशका विभिन्न जिल्लाको निमित्त जिल्ला प्रमुख अधिकारी,ग्रह मन्त्रालय,मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय,रुपन्देहीका दुई पालिका,लुम्बिनी प्रदेशको घरेलु तथा साना उधोग कार्यालय लगायत विभिन्न ठाउँहरुमा कुशलतापुर्वक आफनो जिम्मेवारी समाल्दै आएका ज्ञवाली अन्तत् लुम्बिनी साँस्कृृतिक नगरपालिकामा खटिएका छन् ।

सेवा आरम्भ गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका नवप्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीले कानुनलाई अक्षरांश कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।नगरकार्यापालिका र मातहात रहेका कार्यालयबाट आमजनतालाई छिटो र सहज रुपमा सेवा प्रवाह गर्ने बताउँदै समृद्ध नगर बनाउन जनप्रनितिधी,विभिन्न राजनितिक दल,नागरिक समाज,क्लब र नगरबासीको साथ र सहयोगको समेत थापाले अपेक्षा गरे ।नवप्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बिलम्ब नगरि जनतालाई सेवा प्रवाह गर्न मातहात कर्मचारीलाई निर्देशन दिएका छन् । साथै,ज्ञवालीले नगरपालिकाको प्रशासकीय भवन निर्माण र फोहोरमैला ब्यवस्थापन गर्ने देखि सुशासन नगरपालिका बनाउन सधैब कटिबद्ध हुने जिकिर समेत गरे ।स्वागत पश्चात विभिन्न हाजिर भएकै दिनमा विभिन्न योजनाकाहरुको अनुगमन र शाखाको निरिक्षण समेत गरेका थिए ।

बिहिबार एक कार्यक्रमका विच लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलनमान,उपप्रमुख कल्पना हरिजन,वडाअध्यक्ष विनोद कांहार,न्यायिक समिति सदस्य अहम्मद हुसेन,शाखा प्रमुख तथा कर्मचारीहरुले नवआगन्तुक राम प्रसाद ज्ञवालीलाई स्वागत गरेका हुन् ।

कार्यालयका सभाहलमा भएको कार्र्यक्रममा उपप्रमुख कल्पना हरिजनको स्वागत मन्तव्य तथा नगरपालिकाका प्रेस संयोजक सुरेश परियारको संञ्चालनमा सम्पन्न भएको हो ।

 
 
  
 

You may also like