रुपन्देही सुपरलिगःलुम्बिनी खुकुरीलाई ७ विकेटको सफलता

by समतल अनलाइन

भैरहवा। रुपन्देहीक्रिकेट संघको आयोजनामाभैरहवामाजारी नेपाल टेलिकम रुपन्देही सुपरलिगक्रिकेट प्रक्रियोगिताअन्तर्गतडिभिजन ‘ए’को सोमबारको खेलमालुम्बिनी खुकुरी क्रिकेट क्लबविजयीभएको छ । खुकुरीले तिलोत्तमाक्रिकेट क्लबलाई ७विकेटले पराजितगर्दै जितनिकालेको हो ।

सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको तिलोत्तमालेनिर्धारित ५० ओभरको खेलमा३८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनको सामान्य योगफलबनायो । उसकालागिमिर्नाल गुरुङले ५२, मनिषथापाले २४, विपिनखत्रीले २३ र विकलअधिकारीले १४ रन बनाए । उसलाई मध्यमस्तरको स्कोरमा रोक्नबलिङमालुम्बिनी खुकुरीकाशाहआलमले ४ तथाइकलाखअहमदवारिस, सन्तोष यादव र अजयकुमार चौहानले समान २–२ विकेट लिए ।

प्रतिउत्तरमालुम्बिनी खुकुरीले ३३.५ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ६० रन बनाउँदै लक्ष्य भेट्टायो र जितनिकाल्यो । उसको जितमा९५ बलको सामना गरेकाप्रज्वलथापाले ११ चौकाको मद्दतमा नटआउट ७९ रन बनाए । यस्तै, सन्तोष यादवले ३०, न्शिचलचौधरीले १८ र विराट भण्डारीले ९ रनको योगदानदिए । बलिङमातिलोत्तमाकाविपिनखत्रीले २ तथाअमनबोहरा क्षेत्रीले १ विकेट लिए । खुकुरीकाशाहआलमम्यानअफ द म्याचभई एक हजार रुपैयाँप्राप्त गरेको संघका उपाध्यक्षएवं प्रतियोगिता संयोजकधिरज अधिकारीले जानकारी दिए ।

चैत्र ३ गतेसम्मचल्ने प्रतियोगितामाबिजेताले १ लाख रुपैयाँ र ट्रफी तथाउपबिजेताले ५० हजार र ट्रफी प्राप्तगर्नेछन् । प्रतियोगितामा म्यानअफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँतथाप्रत्येक खेलेको म्यानअफ द म्याचले १ हजार रुपैयाँप्राप्तगर्ने छन् ।

प्रतियोगिताको प्रमुखप्रायोजकमा नेपाल टेलिकमतथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिताबिजेता पुरस्कार एभरेस्ट कत्थामिलतथाउपबिजेता पुरस्कार रुपन्देहीक्रिकेट संघका संस्थापकअध्यक्ष एवं विके ज्वेलर्सकाप्रबन्धनिर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

 
 
  
 

You may also like