नेपालले आज कुवेतसँग खेल्दै

by समतल अनलाइन

काठमाडौं । यूएईमा जारी रहेको आईसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज (शनिबार) कुबेतसँग खेल्दै छ । खेल नेपाली समयअनुसार बिहान पौने ११ बजेबाट सुरु हुनेछ ।

नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ भने कुवेत पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । कुवेत भने पहिलो खेलमा हङकङसँग एक विकेटले पराजित भएको थियो ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । नेपालले हङकङ विरुद्ध २७ तारिख, २८ तारिखमा मलेसियासँग र २ मार्चमा घरेलु टोलीसककंग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यु–१९ विश्वकपका लागि छनोट हुनेछ ।

 
 
  
 

You may also like