अन्तिम खेलमा नेपाल स्कटल्याण्डविरुद्ध फिल्डिङमा

by समतल अनलाइन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ श्रृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

घरेलु मैदान कीर्तिपुरमा जारी श्रृंखलाको अन्तिम खेलमा मंगलबार टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै पाहुना टिमलाई ब्याटिङको निम्तो दिए । जारी श्रृंखलामा नेपालले यसअघिका तीन वटै खेलमा जित निकालेको थियो । आज स्कटल्याण्डलाई पराजित गरे नेपालले लिग–२ को शीर्ष तीनको सम्भावनालाई अझ बलियो बनाउने छ । खेल बिहान ९ बजेदेखि शुरु हुनेछ ।

यसअघि श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले हराएको थियो । दोस्रो खेलमा स्कटल्याण्डलाई तीन विकेटले पराजित गरेको नेपालले तेस्रो खेलमा पुनः नामिबियालाई तीन विकेटले नै हराएको थियो ।

यता, स्कटल्याण्डले भने श्रृंखलामा तीन खेलमध्ये दुईमा जित निकालेको छ । पहिलो खेलमा नामिबियालाई १० विकेटले पराजित गरेको स्कटल्याण्ड दोस्रो खेलमा भने नेपालसँग तीन विकेटले पराजित भएको थियो । तेस्रो खेलमा स्कटल्याण्डले सोमबार नामिबियालाई पुनः ४३ रनले पराजित गरेको थियो ।

 
 
  
 

You may also like