रुपन्देही सुपरलिगः स्टार क्रिकेट एकेडेमीलाई सफलता

by समतल अनलाइन

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामाजारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रि योगिताअन्तर्गत डिभिजन ‘बी’को आइतबारकोे खेलमा स्टार क्रिकेट एकेडेमीविजयीभएको छ । स्टारले बुटवल युथलाई ७विकेटले पराजितगर्दै जितनिकालेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवल युथले निर्धारित ४८ ओभरको खेलमा ३६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३७ रनको सामान्य योगफलबनायो । उसकालागि सुमन थापाले २९, दिपेन्द्र हिताङले २५, स्वीकोत विश्वासले १७, अजयचौधरीले नटआउट १५ र सन्तोष परियारले १२ रन बनाए । बलिङमा स्टारकाशिवरन श्रेष्ठले ४, राहुलप्रजापति, निरज मौर्य र प्रदीप साहनीले समान २–२ विकेट लिए ।

प्रतिउत्तरमा स्टारले २१.४ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ४३ रन बनाउँदै लक्ष्य पूरा गरेर जितनिकाल्यो । उसको जितमाशिवरन श्रेष्ठले नटआउट ४१, सन्तोष साउदले ४१, विशाल भुसालले नटआउट १५ र अंकितबीएमले १४ रन बनाए । बलिङमा बुटवल युथकाकृष्ण सेनले २ तथा सोनु मल्लाहले १ विकेट लिए । स्टारकाशिवरन म्यानअफ द म्याचभई एक हजार रुपैयाँबाट पुरस्कृत भए ।

चैत्र ३ गतेसम्मचल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामाबिजेताले १ लाख रुपैयाँ र ट्रफी तथाउपबिजेताले ५० हजार र ट्रफी प्राप्तगर्नेछन् । प्रतियोगितामा म्यानअफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँतथाप्रत्येक खेलेको म्यानअफ द म्याचले १ हजार रुपैयाँप्राप्तगर्ने छन् ।

प्रतियोगिताको प्रमुखप्रायोजकमा नेपाल टेलिकमतथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिताबिजेता पुरस्कार एभरेस्ट कत्थामिलतथाउपबिजेता पुरस्कार रुपन्देहीक्रिकेट संघका संस्थापकअध्यक्ष एवं विके ज्वेलर्सकाप्रबन्धनिर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

 
 
  
 

You may also like