मुस्लिम पर्ब बार्हरबिउलको जन्म जयन्तीको पुर्व सन्ध्यामा निः शुल्क स्वास्थ सिबिर सम्पन्न

by समतल अनलाइन
Shares

बुटवल । मुस्लिम धर्मावलम्बीहरुको पर्ब बार्ह रबिउलको जन्म जयन्तीको पुर्व सन्ध्यामा मदिना मदरसा मस्जिद प्रबन्ध परिषद बिकाश पथ द्वारा आज बृहत निः शुल्क स्वास्थ सिबिर सम्पन्न भएको छ । स्वाथ्य शिविरको प्रदेश का उद्योग वन तथा वातावरण मन्त्री लिला गिरीले सुभारम्म गरे । मस्जितका अध्यक्ष हाजी सकुर मियाको अध्यक्षतामा भएको कार्यक्रममा वार्ड नम्बर ५ कि कार्यबाहक अध्यक्ष अतिथी छलि मिया, रजाय मुस्तफा मस्जिद समितिका अध्यक्ष हाजी मक्बुल मिया, दामने रसुल मुस्लिम सेवा समाज्का अधक्ष्य कलिम असर्फिया ,बुुटवल मुस्लिम युथ क्लबका अध्यक्ष हकिम वार्सीको आतिथ्यता रहेको थियो

साथै सोही कार्यक्रममा मोहर्म समितिका सुरत मिया, मदिना मदरसा मस्जिद समितिका पुर्ब अध्यक्ष तथा संरक्षक हाजी जमाल मिया, पुर्ब अध्यक्ष हाजी अहमद अलि मिया, निबर्तमान अध्यक्ष बबर अलि मिया को आतिथ्यता रहेको थियो । स्वागत मन्तब्य जलिउल्लाह राखेको कार्यक्रममा हाजी जमाल मिया, हाजी मक्बुल मिया, छलि मिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रमुख अतिथी लिला गिरीलेले मुस्लिम समुदाय पनि सामाजिक कार्यमा अग्रस हुदै गैरहेको भाबना ब्यक्त गर्दै मुस्लिम समाज लाई आबास्यक आदार्भुत आबस्यक कुरा हरु पुरा गर्न प्रदेस सरकार सदैब तयार रहेको बताएका थिए । कार्यक्रममा निशुल्क जाचको सेवा ११ सय २५ जनाले सेवा लिएको कमाल दिन मिया ज्युले जानकारी दिए । कार्यक्रममा रगतको जाच, पिसाबको जाच, इ सि जि, भिडियो एक्सरे, इको लगायत नि सुल्क औसधी बितरण गरिएको अलाउदिन अलिले जानकारी दिए भने उक्त कार्यक्रम संस्थाका सचिब मोहम्मद जमिल खानले संचालन गरेका थिए ।

शिविरमा फिजिसिजन डा खलिल मिया, स्त्री रोग विशेषज्ञ डा रुकासान खान, अर्थोपीडिक सर्जन डा समिर उल्लाह, दन्त रोग विशेषज्ञ डा जुनेद खान, अर्थोपेडिक सर्जन डा समिर खान, रेडियोलोजिष्ट डा अजिज उल्लाह, जनरल र्सजन डा सागर रिजाल, एमविविएस डा सदामा बेगाम ९अस्मी०, बालरोज विशेषज्ञ डा आरिफ हुसेन, एमविविएस डा साहदत अली, मुटु रोग विशेषज्ञ डा मजहर खान, एमविविएस डा सविर मिया लगायतले स्वाथ्य शिविरमा सेवा प्रदान गरेका थिए ।

मदिना मदरासा मस्जिद प्रबन्ध परिषद्को आयोजनामा २३ गते शनिवार धर्मगुरुको सम्मान विकास पद बाट मोटरसाईकल ¥याली आयोजना हुने छ । अध्यक्ष हाजि शकुर मियाका अनुसार मोटरसाईकल ¥यालीले बुटवलका विभिन्न स्थानको परिकर्मा गर्ने छ । यस्तै सोही दिन २३ गते शनिबार नै विहान ९ बजे देखि मस्जित परिषद्मा वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

मुस्लिम समुदायको पहलमा आज भन्दा १७ बर्ष पहिला देखि सुरु भएको रक्तदान कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिइएको परिषद्ले जनाएको छ । सोही दिन नै विहान १० बजे छात्रवृत्ती वितरण कार्यक्रम राखिएको छ भने साँझ मस्जिद परिषर भित्र मिलादुन कार्यक्रम आयोजना गरिएको छ । २४ गते दिउँसो २ बजे नयाँ गाउँ सालघारीमा रहेका दृष्टिविहिनहरुलाई सहयोग गर्ने कार्यक्रम तय गरिएको छ ।

You may also like

This will close in 0 seconds