भिटामिन फुड्स एण्ड क्याफेको शाखा विस्तार

by समतल अनलाइन

बुटवल।भिटामिन फुड्स एण्ड क्याफेले बुटवल बेसक्याम्पमा पनि शाखा विस्तार गरेको छ। स्थापनाको पाँचौं बर्षको अवसरमा ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै शाखा विस्तार गरिएको क्याफेका सञ्चालक प्रविण पौडेलले जानकारी दिए ।

फ्याफेको बुटवल उपमहानगरपालिका-८ का वडाध्यक्ष यज्ञप्रसाद पङ्गेनीले उद्घाटन गरेका हुन । उनले युवाहरु उद्यमशीलतामा केन्द्रित हुनु सबैको लागि खुसीको कुरा भएको बताए ।

उनले आफ्नो तर्फबाट जुनसुकै सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे । करिव २० लाख लगानी रहेको संचालक  पौडेलले बताए । ७ जना कर्मचारीलाइ रोजगारी दिएको उनले बताए ।

सो  क्याफेमा बर्डडे केक ,वेडिङ केक , एनिभर्सरी केक ,सबै गिफ्ट आइटमको कलेक्सन राखिएको छ । भिटामिन फुड्स एण्ड क्याफेको बुटवल-८ स्थित सुख्खानगरमा मुख्य क्याफे रहेको छ ।

 
 
  
 

You may also like